क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो, १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउने सरकारको तयारी
काठमाडौं । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार २८० मात्रा खोप ल्याइएको छ । सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । सो खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ ।
यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए । ‘एचपीभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी० को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ ।
१५ दिन चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिएका छन् । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस संक्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।

.gif)