१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा पक्राउ परेका हुन् ।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)