sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा  १० जना घाइते भएका छन् ।

भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कर्पिओ अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका९६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन् ।

भोजपुर नगरपालिका-५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका-२ कि ईहायाराना सुब्बा र धरान-८ का चालक सुदीप लिम्बू घाइते भएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्