ललितपुरमा किशोरको हत्या : तीन जना पक्राउ
काठमाडौं । ललितपुरमा एक किशोरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको छ ।
हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उक्त रेस्टुरेन्टमै काम गन २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका हुन् ।
उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

.gif)