sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जनकपुरको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला

५ पुष २०८१, शुक्रवार स्टार संवाददाता

जनकपुरधाम । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन ।

 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ । घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ ।


घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्