sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

लमही-कोहलपुर खण्डमा बस दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमडौं । दाङको लमही नगरपालिका वडा नम्बर-९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  १२ जना घाइते भएका छन् ।

लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना हुँदा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको हो । 

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम पनि भइरहेको प्हरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्