sevenstartv.com २ चैत २०८२, सोमवार

किराँत समुदायमा उधौँलीको रौनक

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पूर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गरेका हुन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्