लमजुङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुधपोखरी गाउँपालिका–२, भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको हो ।
लामा ट्याक्टरको सह–चालक हुन् । सदरमुकाम बेँसी सहरबाट बिहेको सामान बोकेर सोही ताराचोक गाउँतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर आज बिहान अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
ट्याक्टर सडकदेखी १५ मिटर तल खस्दा सोही ट्याक्टरमा च्याप्पिएर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक धादिङ जिल्ला बेनिघाट गाउँपालिका-६ बस्ने २८ वर्षीय गणेशमान चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
