sevenstartv.com २२ मंसिर २०८२, सोमवार

पूर्व असईले गरे श्रीमतीको हत्या

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका-८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेका हुन् । ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए ।

शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाइएको छ । विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्