sevenstartv.com २२ मंसिर २०८२, सोमवार

भोटखोलामा खुकुरी प्रहार गरी एक जनाको हत्या

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-२ चेपुवामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको  हत्या भएको हो । 

गएराति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु बताइएको छ ।  खुकुरी प्रहारबाट भोटेको कम्मरमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले खुकुरी प्रहार गरी हत्यामा संम्लग्न भएको आरोप सोही ठाउँका ६१ बर्षीय छाङवा भोटेलाई आज बिहान भोटखोलाबाट पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्