sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

ट्रकको ठक्करबाट भक्तपुरमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

१३ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका-५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । 

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्