sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

कारको ठक्करबाट एक जनाको मृत्यु

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । उदयपुरको चौडण्डीगढी नगरपालिका-९ स्थित भिमामा कारले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेको मुत्यु भएको हो । 

मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो ।

कारका चालक र एक सवारसमेत घाईते रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको प्रहरीले बताएको छ ।  घुमाउरो सडकमा तीव्रगतिको कार अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्