दुई किलो सुनसहित एक जना पक्राउ
काठमाडौं । रसुवाको कालिका गाउँपालिका-१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका हुन् ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको हो ।
यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाएको जनाइएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

