sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

जाजरकोटमा फोर्स गाडी दुर्घटना : १७ जना घाइते

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

आज  साढे ११ बजेति बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका-७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गर्दा उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा सडकबाट ५० मिटर तल खसेको हो । 

२१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्