sevenstartv.com १ असार २०८३, सोमवार

दाङमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

१९ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-५ कमलरोड निवासी २२ वर्षीय प्रेम राना मगरको मृत्यु भएको हो ।

लमही नगरपालिका-५ स्थित लमही-गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना भएको हो ।

मगरलाई लमही अस्पतालमा उपचारको लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।