अवैध रूपमा सुनको कारोबार गरेकाे आरोपमा दुई जना पक्राउ
काठमाडौं । अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थाना ठेगाना भएका ३० वर्षीय आनन्द साहु पक्राउ परेका हुन् ।
काठमाडौं न्यूरोड लगायत विभिन्न स्थानहरूमा अवैध रूपमा भन्सार छली गरिएका बिल बिजक बिनाका सुन बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आनन्दलाई ११६.४५ ग्राम सुनसहित काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त सुन प्रशन्जितको रहेको भन्ने खुल्न आएपश्चात् प्रशन्जितलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

