sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  जिल्लाको बाँसगढी नगरपालिका– ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी पक्राउ परेका हुन् । 

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्