sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

सुर्खेतमा एसएमएल गाडी दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको हो । 

जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका-८ को हुड्के भन्ने ठाउँमा आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।  २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको प्रहरीले बताएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्