sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

ललितपुरमा बोलेरो दुर्घटना : चालकको मृत्यु

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चितवन घर भएका २८ वर्षीय भरत लामिछानेको मृत्यु भएको हो ।

माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्