प्युठानमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका-६ टिकारीका २७ वर्षका नवराज श्रेष्ठको मृत्यु भएको हो ।
आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका-६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते भएका श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
