सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
बाँकी १८ घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
