sevenstartv.com ९ चैत २०८२, सोमवार

गुडिरहेको सुमोबाट खसेर एक बालकको मृत्यु

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङकाअनुसार गएराति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन्  । खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको बताइएको छ ।

गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको छ । मृतक बालकको शव हाल जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्