टिपर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गढवा गाउँपालिका निवासी प्रभु चौधरी मृत्यु भएको हो ।
चुनढुँगा लिन जान लागेको रा १ ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा गएराति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
