sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवं शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि टाढाटाढादेखि भक्तजन आउने गर्दछन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका-७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । 

उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत गएका थिए । उनी आज काठमाडौं फर्किने कार्यक्रम छ ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्