sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेपालमा अझैंपनि ९० प्रतिशत मानिसले साबुनपानीले हात धुँदैनन्

२९ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाण्डौ । आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ । यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो ।

साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् । यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । चिकित्सकहरुका अनुसार  साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।

विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय हो । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को योजना तथा अनुगमन शाखा प्रमुख डा.महेश्वर प्रसाद यादवले बताउनुभयो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्