sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलको हातबाट दशैँको टिका ग्रहण

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गर्नुभएको छ । काठमाडौं । शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गर्नुभएको हो ।

साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुग्नुभएको थियो । आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैँको टिका सर्वसाधारणलाई नलगाइदिने बताउनुभएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्