sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

वडा दशैँको दिनपनि विदेशिनेहरुको लर्को

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । वडा दशैँमा पनि वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको लर्को लागेको छ । वडा दशैंको मुख्य दिन विजया दशमी (शनिवार) कोदिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेको हो ।

विजयी दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरु रोजगारीका लागिस्वदेश छोड्न विवश छन् । दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमाविशेष गरेर मान्यजनको हातबाट टिका थापेर आशिर्वाद लिने गरिन्छ ।

तर वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने दशैंमा पनि परिवारबाट छुटने क्रम बढ्दो छ । विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा वाह्य उडानको चाप देखिएको छ ।

देशमा रोजगारीको अवसर नभएपनि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढ्दै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरु विदेशिने गरेको पाइएको छ । सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्