ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । तनहुँको व्यास नगरपालिका-१ गल्बुबेसीमा ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । सविन कुमालको मृत्यु भएको हो ।
ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भिर घाइते भएका बालकको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । कुमाल सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत थिए ।
ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
