चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको मुत्यु भएको हो ।
आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।
घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ ।
