sevenstartv.com ८ चैत २०८२, आइतवार

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरको दर्शन

२१ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए । 

सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए  । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्