sevenstartv.com ९ चैत २०८२, सोमवार

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

१८ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । आज काठमाडौंबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हायसमा १९ जना सवार रहेको प्रहरीको भनाई छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्