sevenstartv.com ८ चैत २०८२, आइतवार

बडादशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना

१८ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक एक स्वरूपको आराधना गर्ने परम्परा छ ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ । 

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्