बस र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो जिप ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ । बेलबारी-९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बसको अगाडिको भागमा पनि क्षति पुगेको छ । दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
