sevenstartv.com ९ चैत २०८२, सोमवार

झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालियो, उद्धार कार्य जारी

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ ।

भेटिएका शवमध्ये १० जना पुरुष र ३ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्