sevenstartv.com ९ चैत २०८२, सोमवार

गोरखाको लापुबेंसीबाट काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन, खोजीका लागि आग्रह

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गोरखाको लापुबेंसीबाट काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको छ ।

लापुबेँसीबाट शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो

यातायात प्रा. लीले बस खोजीका लागि अनुरोध गरेको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।

बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्