sevenstartv.com ९ चैत २०८२, सोमवार

विपद्का घटनामा देशभर ६० जनाको मृत्यु , उपत्यकामा मात्रै ३४ जनाको ज्यान गयो

१२ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।

विपदका घटनामा सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । यहाँ ३४ जनाको मृत्यु प्रहरीले पुष्टि गरेको छ । ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । १ हजार तीन सय १५ जनाको उद्धार गरिएको बताए ।

काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । यस्तै, कोशी प्रदेशमा ७ जनाको मृत्यु भएको छ, १ घाइते भएका छन् ।

९ जना बेपत्ता छन् । ५०१ जनाको सकुशल उद्धार गरिएको छ । मधेश प्रदेशमा १ जना बेपत्ता हुँद १ जनाको सकुशल उद्धार गरिएको छ । उपत्यका बाहेक बागमती प्रदेशमा १९ जनाको मृत्यु भएको छ ।

१८ जना घाइते हुँदा ३१ जना बेपत्ता छन् । १४४ जनाको उद्धार गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा मानवीय क्षति भएको छैन् । लुम्बिनीमा २ जना वेपत्ता छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्