विपद्मा परि घाइते भएकाहरुको निशुल्क उपचार गर्ने सरकारको उद्घोष
काठमाडौं । सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ ।
कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको बताए । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए ।
मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए। समस्यामा रहेकाहरुलाई प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे।




















