sevenstartv.com ९ चैत २०८२, सोमवार

हेटौंडा(काठमाडौंको सबै सडक अवरुद्ध

१२ असोज २०८१, शनिवार स्टार संवाददाता

हेटौंडा । अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी(फाखेल, कुलेखानी(सिस्नेरी सडक सहित हेटौंडाबाट काठमाडौ जाने सबै सडक अवरुद्द भएको छ ।

कुलेखानी–सिस्नेरी र कुलेखानी–फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको भने यसैगरी कान्ति लोकपथको पनि विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भएको छ ।

त्रिभुवन राजपथको दामनमा पहिरो गई रुख ढलेको कारण सडक अवरुद्ध छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा सयौं यात्री बाटोमानै अलपत्र परेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्