sevenstartv.com १४ साउन २०८३, बिहिवार

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । आज प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोका सीआईबी प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए । नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार भएका थिए । 

इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो । यता सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्