sevenstartv.com ९ चैत २०८२, सोमवार

दुई वटा स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दोलखा मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रुपेश केसीको मृत्यु भएको हो । 

 बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका केसीको  शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्