sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

घट्यो सुन चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार

६ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन,चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।  मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।  

मंगलबार प्रतितोला पाँच हजार ८५ रूपैयाँमा कारोबार भएको र आज बुधबार चाँदी यसदिन तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्