sevenstartv.com २७ भदौ २०८३, शनिवार

ओमानलाई हराएर नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

२५ भदौ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ - नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८ आभेर १ बलमा ६० रनमा अलआउट भयो । 

ओमानका जतिन्दर सिंहले ४१ बलमा २५ र जितेन रामानन्दीले ४२ बलमा १३ बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर चल्न सकेनन् । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३, ललित राजवंशी र रोहितकुमार पौडेलले समान २ विकेट लिए । 

त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभल टस हारेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भयो । 

नेपालका दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ र बसिर अहमदले ८८ बलमा ४७ रन बनाए । ओमानका जय विराम ओडेदारा र हसनैन शाहले समान ३, मोहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले समान १ विकेट लिए । आजै भएको अर्को सेमिफाइनल खेलमा यूएईले हङकङलाई ७ विकेटले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । उपाधि टोलीले सन् २०२७ मा एसिया कपमा सहभागि हुन पाउनेछ ।

सम्बन्धित समाचार