sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

‘नवनी संलाप’ मुक्तक सङ्ग्रह सार्वजनिक

२२ भदौ २०८३, सोमवार स्टार संवाददाता

नवराज पुडासैनी ‘ज्योत्स्ना’ र निर्मला देवी तिम्सिना ‘कान्छी’ को नवनी संलाप (मुक्तक संवाद) कृती सार्वजनिक भएको छ । ज्योत्स्ना र कान्छीको संयुक्त लेखनमा तयार भएको मुक्तक संवाद आइतवार एक कार्यक्रममाका विच सार्वजनिक भएको हो । साहित्यकारहरुको बाक्लो सहभागिताका बिच सार्वजनिक गरिएको सो कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नागरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा रहेका थिए ।

प्रमुख अतिथि लामाले उक्त मुक्तक संग्रहले विदेशीएका तमाम नेपालीले भोगि रहेको यथार्थलाई झल्क्याएको बताएका थिए । साहित्यको सिर्जना गर्नु र त्यसलाई पाठक समक्ष पठन योग्य बनाएर बजारमा लैजानु चुनौतिपूर्ण रहेको उनको भनाई थियो । मुक्तकहरु मध्यकै फरक शैलिको मुक्तक संग्रह नवनी संलाप रहेकाले सबैले यो संग्रहको एक पटक अध्यायन गर्नै पर्ने उनको भनाई छ ।

नवनी संलापको काव्यिक महत्व र यसले दिन खोजेको सन्देशबारे प्रा.डा.कृष्णप्रसाद दाहालले प्रकाश पारेका थिए । काव्यिक रसमाधुर्यले दुई स्रष्टालाई रसवेतनको लोभी बनाई दिएको बताउँदै दाहाललले भने, काव्यको रसदार चाकामा दुबै मूक्तककारका कलमको टुँडोलाई अघाउने नामोनिसाना लिएकै छैन । आफ्ना प्रत्येक मुक्तकभित्र आप्रवासी पीडा, प्रेम र सम्बन्धको गहिराइलाई खोतल्न समर्थ भएकी मुक्तककार कान्छीले परदेशको भुमीमा बसेर चलाएको कलम र पोखेका पीडा चानचुने नरहेको प्रा.डा. दाहालले बताए । स्वदेशमा भोग्ने समस्या र पीडा भन्दा खतरनाक पीडा, समस्या र चुनौतिको सामना गर्दै साहित्यमा सक्रिय निर्मलाले दिन ओजेको सन्देश सबैका लागि उपयोगी हुने उनको ठहर छ ।

मुक्तककार नवराज पुडासैनीले भौतिक रुपमा भेट नभएका दुई सर्जकका जीवनका अनुभूतिहरुलाई समेटर तयार गरिएको नवनी संलापलाई आत्माको संवादको रुप लिइएको बताएका छन् । स्रष्टा निर्मलादेवी तिम्सिनासँग गरिएको मुक्तक संवाद एक अनौठो र मन छुने साहित्यिक यात्राको दस्तावेज रहेको बताउँदै मुक्तककार पुडासैनीले यस पुस्तकमा समावेश गरिएका मुक्तकहरु दायित्व, अनुभूति र अभिव्यक्तिको साझा सेतु भएको जनाएका छन् ।

अर्का मुक्तककार निर्मला देवी तिम्सिनाले आफुलाई आफ्नो कृती सार्वजनिक गर्न पाउँदा खुसी र दुःख दुबै लागेको बताएकाी छिन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत भनेकी छिन्, खुसी यस अर्थमा छु म टाढा भएर पनि हाम्रा शब्द रचनाहरु आज हजुरहरूको माझसम्म पुग्न सफल भएको छ। दुःखी यस अर्थमा छु यदि म हजुरहरूको नजिक भएकी  भए यी सम्पूर्ण खुसीहरू हजुरहरूकै साथमा आदानप्रदान गर्ने थिएँ र हजुरहरूलाई नजिकबाट नियाल्ने मौका पाउने थिएँ । हामीले लेखेका विविध विषय अन्तर्गतका मुक्तकहरू हजुरहरूका भइसकेका छन् ।

उनले लेखकले लेखिसकेका कुराहरू पाठक समक्ष पुगिसकेपछि बुझ्ने र खुट्याउने काम पाठकको भएको भन्दै दाल भात तरकारीले मात्र खाना नमिठो भएजस्तै प्रेमिल मुक्तकका रुपमा अचार पस्किएका बताएकी छिन् । परिचयको साथ साथै विभिन्न विषयगत हुँदै प्रेम प्रसङ्गलाई पस्किँदै झगडा गर्दै अन्त्यमा मिलेर छुट्टिएका चर्चा गर्दै उनले थपेकि छिन्, हाम्रा मुक्तकले पक्कै पनि सामाजिक जीवनको सानो कथा उभ्याइदिन्छ भन्ने आशा राखेका छौं। सिकाइको प्रक्रियामा लेखिएका मुक्तकहरू त्रुटिपूर्ण पनि भएका भए यसको तर्फबाट क्षमा प्रार्थी छौँ ।

कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा सार्वजनिक गरिएको उक्त मुक्तक संग्रहमा ३०० वटा मुक्तकहरु समावेश गरिएको छ । भौतिक रुपमा भेट नभएका दुई सर्जकका जीवनका अनुभुतिहरुलाई यस मुक्तक संग्रहमा समेटिएर बजारमा ल्याइएको छ ।     

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्