sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२५ भदौ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा सरकारको तर्फबाट खोज तथा उद्धार, राहत वितरण र उपचारका काम निरन्तर भइरहेका छन्। प्रभावित नागरिकको व्यवस्थापन तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री शाहले बाढीबाट उत्पन्न परिस्थितिको निरन्तर अनुगमन गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै आउनुभएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्