sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

देउवाले भेट नदिएको गगनको दावी

पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा गगन

२३ भदौ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । पार्टीलाई एक ठिक्का बनाउनका लागि आफु हदैसम्म लचिलो भएको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन् सभापति थापाले आफूले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने हरसम्भव प्रयास गर्दा पनि समय नपाएको जानकारी गराएका छन् ।

आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा सभापति थापाले पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय माग गरेको तर थापाले भेट्नका लागि माग गरे अनुसार समय नै नपाएको ब्रिफिङ गरेका थिए ।

सभपति थापाले सबैलाई समेटेर पार्टीलाई एक ठिक्का बनाएर अगाडि बढ्न हर कोशिष गर्दा पनि सम्भब नभएको बताएका छन् । सभापति थापाले देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेको बैठकमा जानकारी गराएका थिए । खड्का र कोइरालासँग भेटवार्ताका क्रममा इतर समूहले राख्दै आएका मागका विषयमा केन्द्रित रहेर कुराकानी भएको थापाको भनाइ थियो ।

थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छैन । केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्