sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

न्याय माग्न पुगेका अभिभावकलाई रास्वपा कार्यालयमा प्रवेशमा रोक

२६ जेठ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  कार्यालयमा न्यायको माग गर्दै जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरु पुगेका छन् । रास्वपाको ध्यानाकर्षण गराउन पुगेका आन्दोलनकारीका आफन्तलाई भने रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न दिइएन ।

रास्वपा कार्यालय पुगेका अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई प्रवेशमा रोक लगाएको हो । जेनजी आन्दोलनकै जगमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने भन्दै रास्वपाको ध्यानाकर्षण गराउने उनीहरुको उद्देश्य रहेको जनाइएको छ ।

रास्वपाबाट नै पक्राउ परेका व्यक्तिका अभिभावकालाई कसैले बोलाएकै कारणले त्याहा पुगे पनि प्रहरीले बाहिरै रोकेको जेनजी अगुवा रिजन रानामगरले बताएका छन् । पक्राउ परेका अमिर गुरुङ, निकेश विक, युनिक श्रेष्ठ, मिलन खत्री, विनोद कार्की, मिलन तामाङ, अभिषेक बस्नेत लगायतका अभिभावकहरु रास्वपा कार्यालय पुगेका थिए । प्रहरीले रोकेपछि उनीहरुले आफूहरु न्याय माग्न रास्वपा कार्यालय पुगेको भन्दै कार्यालय प्रवेश गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्