sevenstartv.com ९ चैत २०८२, सोमवार

यस वर्ष वन डढेलोका घटनामा कमी आउने छ : गोविन्दप्रसाद शर्मा

९ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले हिउँदे वर्षाका कारण वनमा डढेलो लाग्ने प्राकृतिक सम्भावना घटेको बताएका हुन् । सचिव शर्माका अनुसार पुस र माघ महिनामा भएको वर्षाले वन क्षेत्रको माटोमा चिसोपन बढाएको र पातपतिङ्गरहरू कुहिने प्रक्रिया सुरु भएकाले डढेलोका लागि आवश्यक इन्धन कम भएको छ । 

यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् । कतिपय क्षेत्रमा डढेलोको जोखिम कम भए पनि असावधानीका कारण हुने सानो आगलागीले ठूलो क्षति र्पुयाउन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन उनले आग्रह गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्