sevenstartv.com ८ चैत २०८२, आइतवार

तीन दिनदेखि अवरुद्ध दाउन्ने सडकखण्ड एकतर्फी रुपमा खुल्यो

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी सवारी सञ्चालनमा आएका छन् ।

लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि उकालोमा गाडी चढ्न नसक्दा यो खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार शुक्रबार साँझदेखि सडकको अवस्था नसुध्रिएको हो । पश्चिमबाट आउने सवारी साधन बर्दघाट र पूर्वबाट जाने सवारी दुम्किवासमै रोकिएका थिए । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । 

तीन दिनदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् । विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । विशेषगरी दाउन्नेको मोड र घ्यू खोला क्षेत्रमा सडक बढी जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाका अनुसार आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन चल्न थालेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्