sevenstartv.com २३ फागुन २०८२, शनिवार

बारा-४ मा रास्वपाका रहवर अन्सारी निर्वाचित

२३ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् । अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका हुन् ।अन्सारी निर्वाचनको सम्मुखमा नेकपा त्यागेर रास्वपा प्रवेश गरेका हुन् । 

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरूबिच २९ हजार ५६१ मतान्तर छ । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत पाएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्