सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप
काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको ९भैँसीको मासु प्रशोधन उद्योग० हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका-१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको छ ।
सुवेदीका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरू ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाती, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको छ ।
मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरू भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
